दुधपोखरी तमु समाजको २७ औँ वार्षिकउत्सव सम्पन्न, विभिन्न अक्षयकोषहरु वितरण, विद्यार्थी एवम संचारकर्मी सम्मानित, अन्तराष्ट्रिय धावक चोक पनि सम्मानित, वक्तृत्वकलामा योगिता
देवीजंग तमु
पोखरा, असार ०६
पोखरा १२ माटेपानीमा रहेको दुधपोखरी तमु समाजले आफ्नो २७ औँ वार्षिकोत्सवको अवसरमा २०६८ सालको प्रवेशिका परीक्षामा उत्तीर्ण समाजका विद्यार्थीहरु, अन्तराष्ट्रिय धावक चोक वहादुर गुरुङ्ग, समाजमा योगदान पु¥याउनुभएका ब्यक्तित्वहरुलाई सम्मान गर्नुको साथै विभिन्न नाममा स्थापित अक्षयकोषका पुरस्कारहरु बुधबार पोखरामा वितरण गरेको छ ।
तमु धिँ नेपालका अध्यक्ष कर्म तमुको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा २०६८ सालको प्रवेशिका परीक्षामा निजि तर्फबाट उत्तीर्ण १७ जना, सरकारी विद्यालयबाट उत्तीर्ण १४ जना विद्यार्थीहरुलाई खादा र सम्मानपत्रले सम्मान गरेको हो ।
यसैवीच समाजले स्वर्गिया नन्दकाशी स्मृति शैक्षिक पुरस्कारबाट प्रवेशिका परीक्षामा सर्वोत्कृष्ट अंक ८२ दशमलब ८७ प्रतिशत ल्याउन सफल निजी विद्यालयमा समाजबाट सर्वोकृष्ट हुन सफल हिमाल गुरुङ्ग र ६६ दशमलब ७५ प्रतिशत ल्याई समाजमा सरकारी विद्यालयबाट सर्वोकृष्ट हुन सफल धन प्रकाश गुरुङ्गलाई प्रतिव्यक्ति ५÷५ हजार नगद सहित खादा र सम्मानपत्रले सम्मान गरेकोे हो ।
यसैगरी समाजले स्वर्गिया युकेश तमु स्मृति शैक्षिक पुरस्कारबाट प्रबेशिका परिक्षामा छात्रातर्फ सर्वोकृष्ट अंक ७६ प्रतिशत ल्याउन सफल योगिता गुरुङ्गलाई नगद चार हजार सहित खादा र सम्मानपत्रले सम्मान गरेको हो । त्यस्तै समाजलाई धेरै योगदान गरेको भन्दै समाजका सदस्य देवी वहादुर गुरुङ्गलाई पनि सम्मान गरेको छ । समाजका हरेक गतिविधीहरु प्रकाशन तथा प्रशारण गर्न सहयोग गरेको भन्दै गण्डकी संचारगृहका पत्रकार रोशनी गुरुङ्ग र रेडियो अन्नपुर्णका पत्रकार देवीजंग गुरुङ्गलाई नगदसहित खादा लगाई सम्मान गरेको छ ।
यस्तै २०१२ अप्रिल २२ मा बेलायतमा आयोजित भर्जिन लण्डन म्याराथनमा सहभागी अन्तराष्ट्रिय धावक चोक वहादुर गुरुङ्गलाई पनि नगद सहित खादा र मायाको चिनो र प्रशसा पत्रले सम्मान गरेको छ ।
लण्डन म्याराथनमा नेपालबाट सहभागी गुरुङले ४२ दशमलव १९५ किलोमिटर दुरी ३७ हजार ५०० धावक मध्ये ३ घण्टा १२ मिनेटमा पुरा गर्दै २ हजार २ सय ३९ स्थान प्राप्त गरेका थिए । राष्ट्रिय तथा अन्तराष्ट्रिय गरी करीब ७७ म्याराथुन दौड प्रतियोगितामा सहभागि जनाईसकेका धावक गुरुङ्गले २२ पटक प्रथम, २० पटक द्धितिया स्थान र ५ पटक तेश्रो स्थान हासिल गर्नुको साथै धेरै पटक सान्त्वना स्थान हासिल गरीसक्नुभएको छ ।
समाजले २०६८ सालभरी समाजको प्रतिनिधि गरी विभिन्न क्षेत्रमा विजयी भएका समाजका सदस्यहरुलाई पनि नगद सहित खादा र सम्मानपत्रले सम्मान गरेको छ ।
यसैबीच दुधपोखरी तमु समाजको युवा समितीले प्रबेशिका परीक्षामा उतीर्ण विद्यार्थीहरुवीच गरीएको बक्तृत्वकला प्रतियोगितामा योगिता गुरुङ्ग प्रथभ हुनुभएको थियो ।
विद्यार्थीहरुमा अन्तरनिहित प्रतिभा प्रस्फुटन गर्ने उद्धेश्यले प्रतियोगितामा अस्मिता गुरुङ्ग द्धितिया, राजमकुमार तृतिया र धनप्रसाद गुरुङ्ग, हिमाल गुरुङ्ग, अनिता गुरुङ्ग, शोभा गुरुङ्ग र सन्तबिर गुरुङ्ग सान्तवना हुनुभएको थियो ।
युवा समितीले विभिन्न प्रायोजकहरुसंग सहकार्य गरी आयोजित प्रतियोगितामा प्रथमले ट्रफि सहित नगद १ हजार, द्धितिय हुनले ट्रफि सहित ८ सय, तृतिय हुनेले ट्रफि सहित नगद ५ सय र सान्तवना हुनेले नगद ५ सय रुपैया पुरस्कारको व्यबस्था गरीएको थियो ।
समाजका निवर्तमान अध्यक्ष श्रवणसिं गुरुङ्गको अध्यक्षतामा भएको कार्यक्रममा समाजका निवर्तमान सुवेदार मेजर टोक वहादुर गुरुङ्ग, निवर्तमान सचिव मेजर श्रीप्रसाद गुरुङ्ग, कोषाध्यक्ष सुवेदार मेजर जस वहादुर गुरुङ्ग, युवा समितीका सचिव योमाया गुरुङ्ग, समाजका युवा विभागिय प्रमुख गोपाल जंग गुरुङ्ग, चिउली पार्चे तमु समाजका अध्यक्ष कप्तान गुमनध्वोज गुरुङ्ग, सिद्धार्थ तमु समाजका अध्यक्ष एवम् प्यारामाउन्ट वोर्डिङ्ग स्कुलका प्रिन्सिपल श्रीमान गुरुङ्ग, नेकपा एमाले केन्दि«य परीषद सदस्य वेद वहादुर गुरुङ्ग, हिमालयन मावि ताङतिङका प्रध्यानाध्यापक ओम प्रकाश गुरुङ्ग, महिला सदस्य दुधकाशी गुरुङ्ग, स्वर्गिया युकेश तमु अक्षयकोषबाट पुरस्कृत हुन सफल योगिता गुरुङ्ग, स्वर्गिया नन्दकाशी शैक्षिक स्मृति अक्षयकोषबाट पुरस्कृत हिमाल गुरुङ्ग, अन्तराष्ट्रिय धावक चोक वहादुर गुरुङ्ग, संचारकर्मी देवीजंग गुरुङ्ग र शिक्षिका कुमारी गुरुङ्ग लगायतले वोल्नुभएको थियो ।
No comments:
Post a Comment
Registered हुनु जरुरि छैन Comment as मा Anonymous select गर्नुहोस । आफ्नो नाम ठेगाना र प्रतिकृया लेख्नुहोला...अनि Publish थिच्नुस ।