शेर्पालाई हटाएकोमा जनजाति महासंघ कास्कीको आपत्ति
देवीजंग तमु
पोखरा, ३ असार
नेपाल आदिवासी जनजाति महासङ्घ कास्कीले आफ्नो सङ्गठनका केन्दि«य महासचिव आङकाजी शेर्पालाई नेकपा(एमाले)ले पार्टीबाट हटाएकोमा गम्भीर आपत्ति जनाएको छ ।
महासंघ कास्कीका अध्यक्ष पान वहादुर भुजेलले आइतबार एक प्रेश विज्ञप्ती प्रकाशित गरी जनजाती महासंघ कुनै पार्टी विशेषसँग सम्बद्ध संगठन नभई नेपालका आदीवासी जनजातीहरुको साझा प्रतिनिधी संस्था भएको उल्लेख गर्दै संस्थाको प्रतिनिधीको हैसियतबाट महासचिव शेर्पाले आमसभामा भाग लिए पनि नेकपा एमालेले साधारण सदस्य समेत नरहनेगरी गरिएको कारबाहीप्रति आपत्ति जनाएको हो ।
“कुनै पनि पार्टीको कार्यक्रममा साझा रुपमा आफ्ना धारणा राख्ने स्वतन्त्रता रहेकोले यसैलाई आधारमानी स्पष्टीकरणको मौका समेत नदिई कारवाही गर्नु जनजातीप्रतिको संकुचित मानसीकता सिवाह अरु केही हुनै सक्दैन ।” विज्ञप्तीमा उल्लेख गरिएको छ ।
साथै महासंघ कास्कीले जनजातिहरुमाथि गरीने यस्ता आपत्तिजनक निर्णयहरु तत्काल सच्याउनुपर्ने र आफुलाई लोकतन्त्रबादी तथा उत्पीडितहरुको नेतृत्व गर्ने पार्टी भनि दाबी गरीरहेको नेकपा एमालेको यस्तो व्यवहारले जनजातिहरुप्रति गरीने व्यवहार प्रष्ट भएको वताइएको छ ।
विज्ञप्तीमा “आफूलाई सच्चा लोकतन्त्रवादी तथा उपेक्षित उत्पीडितहरुको नेतृत्व गर्ने पार्टी दावी गर्ने नेकपा एमालेको जनजातीप्रतिको दृष्टिकोणलाई यो घटनाले उदाङ्गो बनाएको छ । नेपाल आदिवासी जनजाती महासंघ कास्की यस्तो आपत्तिजनक निर्णय तत्काल सच्चाउन माग गर्दछौ । ”
प्रेस विज्ञप्ति
मिति ः२०६९।०३।०३
नेपाल आदीवासी जनजाती महासंघका महासचिव एवं नेकपा (एमाले) का ओखलढुङा उपसचिव श्री आङकाजी शेर्पालाई महासंघको महासचिवको हैसियतले आम उत्पीडित उपेक्षित एवं आदीवासी जनजातीको प्रतिनिधित्व गर्दै ए.ने.क.पा (माओवादी) द्वारा आयोजित एक कार्यक्रममा अभिव्यक्ती दिएको आधारमा नेकपा एमालेको स्थाई कमिटीको बैठकद्वारा पार्टीको साधारण सदस्यता समेत नरहने गरी निस्काशन गरिएको निर्णयप्रति नेपाल आदीवासी जनजाती महासंघ कास्कीको गम्भिर ध्यानाकर्षण भएको छ । नेपाल आदीवासी जनजाती महासंघ नेपालका सम्पूर्ण आदीवासी जनजातीहरुको साझा प्रतिनिधी संस्था भएको स्मरण गराउन चाहन्छौं । यो कुनै पार्टी विशेषसँग सम्बद्ध संगठन नभएकाले यस संस्थाको प्रतिनिधीको हैसियतबाट कुनै पनि पार्टीको कार्यक्रममा साझा रुपमा आफ्ना धारणा राख्ने स्वतन्त्रता रहेकोले यसैलाई आधारमानी स्पष्टीकरणको मौका समेत नदिई कारवाही गर्नु जनजातीप्रतिको संकुचित मानसीकता सिवाह अरु केही हुनै सक्दैन ।
आफूलाई सच्चा लोकतन्त्रवादी तथा उपेक्षित उत्पीडितहरुको नेतृत्व गर्ने पार्टी दावी गर्ने नेकपा एमालेको जनजातीप्रतिको दृष्टिकोणलाई यो घटनाले उदाङ्गो बनाएको छ । नेपाल आदिवासी जनजाती महासंघ कास्की यस्तो आपत्तिजनक निर्णय तत्काल सच्चाउन माग गर्दछौ ।
पान वहादुर भुजेल
अध्यक्ष, आदिवासी जनजाति महासंघ, कास्की
एमाले लाई पनि अझै कम्युनिष्ट पार्टी देख्ने उल्लुहरु धेरै छन ।उहिले नै संसोधनबाद धार मा जाकिएर कम्युनिष्ट सिद्दान्तलाई तिलान्जली दिएर पद र पैसाको लागी राजाबादी हरु संग घाँटी जोडेर हिड्ने हरु संग के नै अझै आस गर्ने ? झापा आन्दोलन गर्ने पार्टी होइन यो ।नेपाली लाई कम्युनिष्ट भने पछी पुग्ने त्यै भएर आवरण्,नकाब्,मुकुण्डो भन्छन नि त्यो लगाउनु उनिहरुको बाध्यताहो ।अब छिट्टै त्यो पनि फ्यांछ यिनिहरुले ।साम्यबादी हरु बास्तब मा निकै भाबुक मान्छे हुन्छन ।जिवन लाई सेतो र कालो को रुपमा मात्र देख्छन ।यो बाहेक पनि अरु रंग हुन्छन भनेर यिनिहरुले कहिल्यै बुझ्दैनन ।तसर्थ आजको उग्र बामप-न्थी भोली अचानक उग्र दक्षिणप-न्थी भएको पाउँछौ ।सकुन्जेल पार्टी सिद्दान्त र नेता को भजन गाउँछन नतमस्तक भएर ।नसके पछी सिदै भागवान को शरण मा जान्छन ।
ReplyDelete