Monday, June 18, 2012

मौलिक संस्कार, संस्कृति र परम्पराका लागी ल्हेगे गुरुङ्गहरुले ल्हेगे युवालाई १ महिने तालिम दिने


मौलिक संस्कार, संस्कृति र परम्पराका लागी ल्हेगे गुरुङ्गहरुले ल्हेगे युवालाई १ महिने तालिम दिने
देवीजंग गुरुङ्ग
कास्की, असार ४

बर्षौदेखी मौखिक रुपमा सिमित संस्कार, संस्कृति र धर्मको संरक्षणका लागी कास्कीका ल्हेगे पच्यु गुरुङ्गहरु सक्रिय हुन थालेको छ ।

सिक्लेस, ताङतिङ र खिलाङ्ग ल्हेगे परीवारले अगामी श्रावण ३० गतेदेखि १ महिनासम्मा आफ्नो संस्कार, संस्कृति र परम्पराका बारे नयाँ पुस्तालाई जानकारी गराउन र मौलिक परम्पराप्रति आस्था राख्नका लागी १ महिने पच्यु सम्वन्धि तालिम दिने भएको छ  ।

परिवारका अध्यक्ष गगनसिं गुरुङ्गका अनुसार मौलिक परम्पराहरु विर्सिदै गइरहेको अवस्थामा नयाँ पुस्तालाई आफ्नो मौलिक धर्म बोनबारे सचेतना जगाउनका लागी १ महिने पच्यु सम्वन्धि तालिम दिन लागेको हो । तालिममा सिक्लेस, ताङतिङ, खिलाङ्गका ल्हेगे युवाहरु सहभागि हुने भनिएता पनि अरु स्थानका इच्छुक ल्हेगेहरु पनि सहभागि हुन पाउने ल्हेगे परीवारका प्ये छ्या संकलन संयोजक हनरी कप्तान बिर वहादुर गुरुङ्गले बताउनुभयो ।

तालिम अवधिभर ल्हेगे पच्युहरु बेल बहादुर गुरुङ्ग, गिन वहादुर गुरुङ्ग, चुरुमान गुरुङ्ग, चुउरु गुरुङ्ग, नर वहादुर गुरुङ्ग र दुँली गुरुङ्गले सहभागि ल्हेगे युवाहरुलाई प्रशिक्षण दिनेछ ।

१ महिनासम्मा हुने तालिममा गुरुङ्गहरुको मृतकार्य, पय कार्य लगायतका कार्यहरुमा ल्हेगे पच्युहरुले गरीने कार्यहरु बारे सहभागिहरुलाई प्रशिक्षण दिने ल्हेगे पच्यु बेल वहादुर गुरुङ्गले जानकारी दिनुभयो ।

तालिममा सहभागि हुन परीवारले सम्पुर्ण ल्हेग युवाहरुलाई आग्रह गर्ने ल्हेगे युवा एवम् संचारकर्मी देवीजंग ल्हेगे गुरुङ्गले जानकारी दिनुभयो ।

गुरुङ्गहरुको बोन धर्म अनुसार कर्मकाण्ड लगायतका कार्यहरु गर्न ल्हेगे पच्युहरुको पनि महत्वपुर्ण भूमिका हुन्छ भने ल्हेपृ, क्रोम्छै पच्यु र वोन्पो लामाको पनि उत्तिकै आवश्यक पर्दछ ।


No comments:

Post a Comment

Registered हुनु जरुरि छैन Comment as मा Anonymous select गर्नुहोस । आफ्नो नाम ठेगाना र प्रतिकृया लेख्नुहोला...अनि Publish थिच्नुस ।