Thursday, June 21, 2012

तस्वीर पनि बोल्छ ...मनपरे सबैलाई बाँड्नुस​






           

Wednesday, June 20, 2012

How to post in this blog ?? Its simple ..Just need to make an email following below.


Please note and write Title in the subject and the contents in the body of e-mail ( attached file like photo, audio, video) and send email to following ....

 
hakubauchha.1234@blogger.com for posting on Home Page

hakubauchha.0000@blogger.com for posting on मुख्य समाचार

hakubauchha.0001@blogger.com for posting on लिम्बुवान

hakubauchha.0002@blogger.com for posting on शेर्पा स्वायत्त गणराज्य

hakubauchha.0003@blogger.com for posting on किरात-खम्बुवान स्वायत्त

hakubauchha.0004@blogger.com for posting on नेवाः

hakubauchha.0005@blogger.com for posting on ताम्सालिङ्

hakubauchha.0006@blogger.com for posting on मगराँत

hakubauchha.0007@blogger.com for posting on तमुवान

hakubauchha.0008@blogger.com for posting on थारुहट



दुधपोखरी तमु समाजको २७ औँ वार्षिकउत्सव सम्पन्न, विभिन्न अक्षयकोषहरु वितरण, विद्यार्थी एवम संचारकर्मी सम्मानित, अन्तराष्ट्रिय धावक चोक पनि सम्मानित, वक्तृत्वकलामा योगिता



दुधपोखरी तमु समाजको २७ औँ वार्षिकउत्सव सम्पन्न, विभिन्न अक्षयकोषहरु वितरण, विद्यार्थी एवम संचारकर्मी सम्मानित, अन्तराष्ट्रिय धावक चोक पनि सम्मानित, वक्तृत्वकलामा योगिता
देवीजंग तमु
पोखरा, असार ०६

पोखरा १२ माटेपानीमा रहेको दुधपोखरी तमु समाजले आफ्नो २७ औँ वार्षिकोत्सवको अवसरमा २०६८ सालको प्रवेशिका परीक्षामा उत्तीर्ण समाजका विद्यार्थीहरु, अन्तराष्ट्रिय धावक चोक वहादुर गुरुङ्ग, समाजमा योगदान पु¥याउनुभएका ब्यक्तित्वहरुलाई सम्मान गर्नुको साथै विभिन्न नाममा स्थापित अक्षयकोषका पुरस्कारहरु बुधबार पोखरामा वितरण गरेको छ ।

तमु धिँ नेपालका अध्यक्ष कर्म तमुको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा २०६८ सालको प्रवेशिका परीक्षामा निजि तर्फबाट उत्तीर्ण १७ जना, सरकारी विद्यालयबाट उत्तीर्ण १४ जना विद्यार्थीहरुलाई खादा र सम्मानपत्रले सम्मान गरेको हो ।

यसैवीच समाजले स्वर्गिया नन्दकाशी स्मृति शैक्षिक पुरस्कारबाट प्रवेशिका परीक्षामा सर्वोत्कृष्ट अंक ८२ दशमलब ८७ प्रतिशत ल्याउन सफल निजी विद्यालयमा समाजबाट सर्वोकृष्ट हुन सफल हिमाल गुरुङ्ग र ६६ दशमलब ७५ प्रतिशत ल्याई समाजमा सरकारी विद्यालयबाट सर्वोकृष्ट हुन सफल धन प्रकाश गुरुङ्गलाई प्रतिव्यक्ति ५÷५ हजार नगद सहित खादा र सम्मानपत्रले सम्मान गरेकोे हो ।

यसैगरी समाजले स्वर्गिया युकेश तमु स्मृति शैक्षिक पुरस्कारबाट प्रबेशिका परिक्षामा छात्रातर्फ सर्वोकृष्ट अंक ७६ प्रतिशत ल्याउन सफल योगिता गुरुङ्गलाई नगद चार हजार सहित खादा र सम्मानपत्रले सम्मान गरेको हो । त्यस्तै समाजलाई धेरै योगदान गरेको भन्दै समाजका सदस्य देवी वहादुर गुरुङ्गलाई पनि सम्मान गरेको छ ।  समाजका हरेक गतिविधीहरु प्रकाशन तथा प्रशारण गर्न सहयोग गरेको भन्दै गण्डकी संचारगृहका पत्रकार रोशनी गुरुङ्ग र रेडियो अन्नपुर्णका पत्रकार देवीजंग गुरुङ्गलाई नगदसहित खादा लगाई सम्मान गरेको छ ।

यस्तै २०१२ अप्रिल २२ मा बेलायतमा आयोजित भर्जिन लण्डन म्याराथनमा सहभागी अन्तराष्ट्रिय धावक चोक वहादुर गुरुङ्गलाई पनि नगद सहित खादा र मायाको चिनो र प्रशसा पत्रले सम्मान गरेको छ ।

लण्डन म्याराथनमा नेपालबाट सहभागी गुरुङले ४२ दशमलव १९५ किलोमिटर दुरी ३७ हजार ५०० धावक मध्ये ३ घण्टा १२ मिनेटमा पुरा गर्दै २ हजार २ सय ३९ स्थान प्राप्त गरेका थिए । राष्ट्रिय तथा अन्तराष्ट्रिय गरी करीब ७७ म्याराथुन दौड प्रतियोगितामा सहभागि जनाईसकेका धावक गुरुङ्गले २२ पटक प्रथम, २० पटक द्धितिया स्थान र ५ पटक तेश्रो स्थान हासिल गर्नुको साथै धेरै पटक सान्त्वना स्थान हासिल गरीसक्नुभएको छ ।
समाजले २०६८ सालभरी समाजको प्रतिनिधि गरी विभिन्न क्षेत्रमा विजयी भएका समाजका सदस्यहरुलाई पनि नगद सहित खादा र सम्मानपत्रले सम्मान गरेको छ ।

यसैबीच दुधपोखरी तमु समाजको युवा समितीले प्रबेशिका परीक्षामा उतीर्ण विद्यार्थीहरुवीच गरीएको बक्तृत्वकला प्रतियोगितामा योगिता गुरुङ्ग प्रथभ हुनुभएको थियो ।

विद्यार्थीहरुमा अन्तरनिहित प्रतिभा प्रस्फुटन गर्ने उद्धेश्यले प्रतियोगितामा अस्मिता गुरुङ्ग द्धितिया, राजमकुमार तृतिया र धनप्रसाद गुरुङ्ग, हिमाल गुरुङ्ग, अनिता गुरुङ्ग, शोभा गुरुङ्ग र सन्तबिर गुरुङ्ग सान्तवना हुनुभएको थियो ।

युवा समितीले विभिन्न प्रायोजकहरुसंग सहकार्य गरी आयोजित प्रतियोगितामा प्रथमले ट्रफि सहित नगद १ हजार, द्धितिय हुनले ट्रफि सहित ८ सय, तृतिय हुनेले ट्रफि सहित नगद ५ सय र सान्तवना हुनेले नगद ५ सय रुपैया पुरस्कारको व्यबस्था गरीएको थियो ।

समाजका निवर्तमान अध्यक्ष श्रवणसिं गुरुङ्गको अध्यक्षतामा भएको कार्यक्रममा समाजका निवर्तमान सुवेदार मेजर टोक वहादुर गुरुङ्ग, निवर्तमान सचिव मेजर श्रीप्रसाद गुरुङ्ग, कोषाध्यक्ष सुवेदार मेजर जस वहादुर गुरुङ्ग, युवा समितीका सचिव योमाया गुरुङ्ग, समाजका युवा विभागिय प्रमुख गोपाल जंग गुरुङ्ग, चिउली पार्चे तमु समाजका अध्यक्ष कप्तान गुमनध्वोज गुरुङ्ग, सिद्धार्थ तमु समाजका अध्यक्ष एवम् प्यारामाउन्ट वोर्डिङ्ग स्कुलका प्रिन्सिपल श्रीमान गुरुङ्ग, नेकपा एमाले केन्दि«य परीषद सदस्य वेद वहादुर गुरुङ्ग, हिमालयन मावि ताङतिङका प्रध्यानाध्यापक ओम प्रकाश गुरुङ्ग, महिला सदस्य दुधकाशी गुरुङ्ग, स्वर्गिया युकेश तमु अक्षयकोषबाट पुरस्कृत हुन सफल योगिता गुरुङ्ग, स्वर्गिया नन्दकाशी शैक्षिक स्मृति अक्षयकोषबाट पुरस्कृत हिमाल गुरुङ्ग, अन्तराष्ट्रिय धावक चोक वहादुर गुरुङ्ग, संचारकर्मी देवीजंग गुरुङ्ग  र शिक्षिका कुमारी गुरुङ्ग लगायतले वोल्नुभएको थियो ।

दुधपोखरी तमु समाजमा श्रीप्रसादको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिती



दुधपोखरी तमु समाजमा श्रीप्रसादको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिती
देवीजंग तमु
पोखरा, असार ०६

दुधपोखरी तमु समाजको बुधबार भएको २७ औँ वार्षिकउत्सवले सुवेदार मेजर श्रीप्रसाद गुरुङ्गको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिती सर्वसम्मतले चयन गरेको छ ।

अगामी तीन वर्षे कार्यकालको लागी गठित समितीको उपाध्यक्षमा सुवेदार मेजर टोक वहादुर गुरुङ्ग, सचिवमा  सुवेदार मेजर हेम प्रसाद गुरुङ्ग, सहसचिवमा सुवेदार मेजर विरध्वोज गुरुङ्ग, कोषाध्यक्षमा नायब सुवेदार लाल वहादुर गुरुङ्ग र सहकोषाध्यक्षमा सुवेदर पिर सिं गुरुङ्ग हुनुहुन्छ ।

यसैगरी सदस्यहरुमा गोपाल जंग गुरुङ्ग, मञ्जु गुरुङ्ग, योमाया गुरुङ्ग, वेदवहादुर गुरुङ्ग, सुवेदार भिम वहादुर गुरुङ्ग, देवी वहादुर गुरुङ्ग, डमर सिं गुरुङ्ग, हुम वहादुर गुरुङ्ग, बहादुर सिं गुरुङ्ग, हबल्दार भीम वहादुर गुरुङ्ग, फुलमाया गुरुङ्ग, भक्तराज गुरुङ्ग र इन्द« कुमारी गुरुङ्ग हुनुहुन्छ ।

समाजका निवर्तमान अध्यक्ष श्रवणसिं गुरुङ्गको अध्यक्षता र तमुधि नेपालका अध्यक्ष कर्म तमुको प्रमुख अतिथ्यतामा भएको बार्षिकउत्सवमा कार्यक्रममा निवर्तमान सचिव सुवेदार मेजर श्रीप्रसाद गुरुङ्गले समाजको वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष सुवेदार मेजर जस वहादुर गुरुङ्गले समाजको आर्थिक प्रतिवेदन प्रस्तुत गुर्नभएको थियो ।

Notice ! Notice !!

 
Please email to :



for any post you want to see in this page. Unrelated post will be discarded.


For a moderator:
who are interested to update this page so as to publish activities, article news,  are welcome to contact 
Mr.  Pramod Shrestha  with gmail accounts on email : hakubauchaa@gmail.com or add Facebook ID https://www.facebook.com/pramod.shrestha.35 for discussions.

The moderators will have authority of activity news update, with / without photos or audios or videos and modify it.



Regards,
Pramod Shrestha
Dubai, UAE


Monday, June 18, 2012

मौलिक संस्कार, संस्कृति र परम्पराका लागी ल्हेगे गुरुङ्गहरुले ल्हेगे युवालाई १ महिने तालिम दिने


मौलिक संस्कार, संस्कृति र परम्पराका लागी ल्हेगे गुरुङ्गहरुले ल्हेगे युवालाई १ महिने तालिम दिने
देवीजंग गुरुङ्ग
कास्की, असार ४

बर्षौदेखी मौखिक रुपमा सिमित संस्कार, संस्कृति र धर्मको संरक्षणका लागी कास्कीका ल्हेगे पच्यु गुरुङ्गहरु सक्रिय हुन थालेको छ ।

सिक्लेस, ताङतिङ र खिलाङ्ग ल्हेगे परीवारले अगामी श्रावण ३० गतेदेखि १ महिनासम्मा आफ्नो संस्कार, संस्कृति र परम्पराका बारे नयाँ पुस्तालाई जानकारी गराउन र मौलिक परम्पराप्रति आस्था राख्नका लागी १ महिने पच्यु सम्वन्धि तालिम दिने भएको छ  ।

परिवारका अध्यक्ष गगनसिं गुरुङ्गका अनुसार मौलिक परम्पराहरु विर्सिदै गइरहेको अवस्थामा नयाँ पुस्तालाई आफ्नो मौलिक धर्म बोनबारे सचेतना जगाउनका लागी १ महिने पच्यु सम्वन्धि तालिम दिन लागेको हो । तालिममा सिक्लेस, ताङतिङ, खिलाङ्गका ल्हेगे युवाहरु सहभागि हुने भनिएता पनि अरु स्थानका इच्छुक ल्हेगेहरु पनि सहभागि हुन पाउने ल्हेगे परीवारका प्ये छ्या संकलन संयोजक हनरी कप्तान बिर वहादुर गुरुङ्गले बताउनुभयो ।

तालिम अवधिभर ल्हेगे पच्युहरु बेल बहादुर गुरुङ्ग, गिन वहादुर गुरुङ्ग, चुरुमान गुरुङ्ग, चुउरु गुरुङ्ग, नर वहादुर गुरुङ्ग र दुँली गुरुङ्गले सहभागि ल्हेगे युवाहरुलाई प्रशिक्षण दिनेछ ।

१ महिनासम्मा हुने तालिममा गुरुङ्गहरुको मृतकार्य, पय कार्य लगायतका कार्यहरुमा ल्हेगे पच्युहरुले गरीने कार्यहरु बारे सहभागिहरुलाई प्रशिक्षण दिने ल्हेगे पच्यु बेल वहादुर गुरुङ्गले जानकारी दिनुभयो ।

तालिममा सहभागि हुन परीवारले सम्पुर्ण ल्हेग युवाहरुलाई आग्रह गर्ने ल्हेगे युवा एवम् संचारकर्मी देवीजंग ल्हेगे गुरुङ्गले जानकारी दिनुभयो ।

गुरुङ्गहरुको बोन धर्म अनुसार कर्मकाण्ड लगायतका कार्यहरु गर्न ल्हेगे पच्युहरुको पनि महत्वपुर्ण भूमिका हुन्छ भने ल्हेपृ, क्रोम्छै पच्यु र वोन्पो लामाको पनि उत्तिकै आवश्यक पर्दछ ।


Sunday, June 17, 2012

शेर्पालाई हटाएकोमा जनजाति महासंघ कास्कीको आप_ित्त


शेर्पालाई हटाएकोमा जनजाति महासंघ कास्कीको आपत्ति
देवीजंग तमु
पोखरा, ३ असार


नेपाल आदिवासी जनजाति महासङ्घ कास्कीले आफ्नो सङ्गठनका केन्दि«य महासचिव आङकाजी शेर्पालाई नेकपा(एमाले)ले पार्टीबाट हटाएकोमा गम्भीर आपत्ति जनाएको छ ।


महासंघ कास्कीका अध्यक्ष पान वहादुर भुजेलले आइतबार एक प्रेश विज्ञप्ती प्रकाशित गरी जनजाती महासंघ कुनै पार्टी विशेषसँग सम्बद्ध संगठन नभई नेपालका आदीवासी जनजातीहरुको साझा प्रतिनिधी संस्था भएको उल्लेख गर्दै संस्थाको प्रतिनिधीको हैसियतबाट महासचिव शेर्पाले आमसभामा भाग लिए पनि नेकपा एमालेले साधारण सदस्य समेत नरहनेगरी गरिएको कारबाहीप्रति आपत्ति जनाएको हो ।


“कुनै पनि पार्टीको कार्यक्रममा साझा रुपमा आफ्ना धारणा राख्ने स्वतन्त्रता रहेकोले यसैलाई आधारमानी स्पष्टीकरणको मौका समेत नदिई कारवाही गर्नु जनजातीप्रतिको संकुचित मानसीकता सिवाह अरु केही हुनै सक्दैन ।” विज्ञप्तीमा उल्लेख गरिएको छ ।


साथै महासंघ कास्कीले जनजातिहरुमाथि गरीने यस्ता आपत्तिजनक निर्णयहरु तत्काल सच्याउनुपर्ने र आफुलाई लोकतन्त्रबादी तथा उत्पीडितहरुको नेतृत्व गर्ने पार्टी भनि दाबी गरीरहेको नेकपा एमालेको यस्तो व्यवहारले जनजातिहरुप्रति गरीने व्यवहार प्रष्ट भएको वताइएको छ ।


विज्ञप्तीमा “आफूलाई सच्चा लोकतन्त्रवादी तथा उपेक्षित उत्पीडितहरुको नेतृत्व गर्ने पार्टी दावी गर्ने नेकपा एमालेको जनजातीप्रतिको दृष्टिकोणलाई यो घटनाले उदाङ्गो बनाएको छ । नेपाल आदिवासी जनजाती महासंघ कास्की यस्तो आपत्तिजनक निर्णय तत्काल सच्चाउन माग गर्दछौ । ”


प्रेस विज्ञप्ति
मिति ः२०६९।०३।०३
नेपाल आदीवासी जनजाती महासंघका महासचिव एवं नेकपा (एमाले) का ओखलढुङा उपसचिव श्री आङकाजी शेर्पालाई महासंघको महासचिवको हैसियतले आम उत्पीडित उपेक्षित एवं आदीवासी जनजातीको प्रतिनिधित्व गर्दै ए.ने.क.पा (माओवादी) द्वारा आयोजित एक कार्यक्रममा अभिव्यक्ती दिएको आधारमा नेकपा एमालेको स्थाई कमिटीको बैठकद्वारा पार्टीको साधारण सदस्यता समेत नरहने गरी निस्काशन गरिएको निर्णयप्रति नेपाल आदीवासी जनजाती महासंघ कास्कीको गम्भिर ध्यानाकर्षण भएको छ । नेपाल आदीवासी जनजाती महासंघ नेपालका सम्पूर्ण आदीवासी जनजातीहरुको साझा प्रतिनिधी संस्था भएको स्मरण गराउन चाहन्छौं । यो कुनै पार्टी विशेषसँग सम्बद्ध संगठन नभएकाले यस संस्थाको प्रतिनिधीको हैसियतबाट कुनै पनि पार्टीको कार्यक्रममा साझा रुपमा आफ्ना धारणा राख्ने स्वतन्त्रता रहेकोले यसैलाई आधारमानी स्पष्टीकरणको मौका समेत नदिई कारवाही गर्नु जनजातीप्रतिको संकुचित मानसीकता सिवाह अरु केही हुनै सक्दैन ।
 आफूलाई सच्चा लोकतन्त्रवादी तथा उपेक्षित उत्पीडितहरुको नेतृत्व गर्ने पार्टी दावी गर्ने नेकपा एमालेको जनजातीप्रतिको दृष्टिकोणलाई यो घटनाले उदाङ्गो बनाएको छ । नेपाल आदिवासी जनजाती महासंघ कास्की यस्तो आपत्तिजनक निर्णय तत्काल सच्चाउन माग गर्दछौ । 


                                                          पान वहादुर भुजेल
                                                       अध्यक्ष, आदिवासी जनजाति महासंघ, कास्की