दुधपोखरी तमु समाजमा श्रीप्रसादको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिती
देवीजंग तमु
पोखरा, असार ०६
दुधपोखरी तमु समाजको बुधबार भएको २७ औँ वार्षिकउत्सवले सुवेदार मेजर श्रीप्रसाद गुरुङ्गको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिती सर्वसम्मतले चयन गरेको छ ।अगामी तीन वर्षे कार्यकालको लागी गठित समितीको उपाध्यक्षमा सुवेदार मेजर टोक वहादुर गुरुङ्ग, सचिवमा सुवेदार मेजर हेम प्रसाद गुरुङ्ग, सहसचिवमा सुवेदार मेजर विरध्वोज गुरुङ्ग, कोषाध्यक्षमा नायब सुवेदार लाल वहादुर गुरुङ्ग र सहकोषाध्यक्षमा सुवेदर पिर सिं गुरुङ्ग हुनुहुन्छ ।
यसैगरी सदस्यहरुमा गोपाल जंग गुरुङ्ग, मञ्जु गुरुङ्ग, योमाया गुरुङ्ग, वेदवहादुर गुरुङ्ग, सुवेदार भिम वहादुर गुरुङ्ग, देवी वहादुर गुरुङ्ग, डमर सिं गुरुङ्ग, हुम वहादुर गुरुङ्ग, बहादुर सिं गुरुङ्ग, हबल्दार भीम वहादुर गुरुङ्ग, फुलमाया गुरुङ्ग, भक्तराज गुरुङ्ग र इन्द« कुमारी गुरुङ्ग हुनुहुन्छ ।
समाजका निवर्तमान अध्यक्ष श्रवणसिं गुरुङ्गको अध्यक्षता र तमुधि नेपालका अध्यक्ष कर्म तमुको प्रमुख अतिथ्यतामा भएको बार्षिकउत्सवमा कार्यक्रममा निवर्तमान सचिव सुवेदार मेजर श्रीप्रसाद गुरुङ्गले समाजको वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष सुवेदार मेजर जस वहादुर गुरुङ्गले समाजको आर्थिक प्रतिवेदन प्रस्तुत गुर्नभएको थियो ।
No comments:
Post a Comment
Registered हुनु जरुरि छैन Comment as मा Anonymous select गर्नुहोस । आफ्नो नाम ठेगाना र प्रतिकृया लेख्नुहोला...अनि Publish थिच्नुस ।