Sunday, June 17, 2012

आदिवासी जनजातिको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार ः माओवादी नेता देव तमु


आदिवासी जनजातिको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार ः माओवादी नेता देव तमु

देवीजंग तमु
पोखरा, जेठ २८

एकिकृत नेकपा माओवादीका नेता देव गुरुङ्गले अबको राष्टिय सहमतिको सरकारको नेतृत्व आदिवासी जनजातिले गर्नुपर्ने बताउनुभएको छ ।

शनिवार पोखरामा तमु संचारकर्मी संघको दोस्रो महाधिवेशन उद्घाटन कार्यक्रममा नेता गुरुङ्गले बिगतदेखि विभेदमा पारीएका आदिवासी जनजातिहरुको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्नुपर्ने वताउनुभयो । वैद्य पक्षीय नेता गुरुङ्गले सरकाले घोषणा गरेको चुनाव असंवैधानिक भएको दावी गर्नुभयो । “ आन्तरिम संविधानमा, अर्को चुनावमा जाने भनेर व्यवस्था नै नभएको अवस्थामा वर्तमान सरकारले असंवैधानिक तरिकाले चुनाव घोषणा ग¥यो ” उहाँले भन्नुभयो । उहाले, संघियता विरोधीले नेतृत्व गरेको सरकार आफुहरुलाई मान्य नहुने पनि बताउनुभयो ।

नेपाली कांगे्रसका नेता इन्द्रबहादुर गुरुङ्गले आदीवासी जनजाति नेताहरुले पार्टी भित्रै बसेर संघर्ष गर्ने बताउनुभयो । उहाले आप्mनो पार्टीले आदिवासी जनजातिको मुद्धालाई ख्याल नगरे पार्टी छोड्न पनि सकिने दोहो¥यानुभयो ।

कार्यक्रममा सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुनले पार्टीगत पत्रकारीता नगर्न संचारकर्मीलाई आग्रह गर्नुभयो । पत्रकार महासंघका केन्द्रीय सदस्य खिम घलेले संचारकर्मीले आफ्नो जिम्वेवारी र कर्तव्यलाई मनन गर्ने हो भने, कुटपिटका घटना व्यहोनु नपर्ने बताउनुभयो । तमु संचारकर्मीले पत्रकारिता क्षेत्रमा योगदान पुर्याउने तीन संचारकर्मीलाई पनि सम्मान गरेको छ । नेपाल पत्रकार महासंघका केन्दि«य सदस्य खिम घले, नेपाल टेलिभिजनका वरिष्ठ निर्मात्ँ रीता गुरुङ्ग र रेडियो देव दह वुटवलका पत्रकार भिम गुरुङ्गलाई सम्मान गरेको हो ।

अधिवेशनको उद्घाटन सत्र संघका अध्यक्ष गणेशमान गुरुङ्गको अध्यक्षतामा सम्पन्न भएको थियो ।



No comments:

Post a Comment

Registered हुनु जरुरि छैन Comment as मा Anonymous select गर्नुहोस । आफ्नो नाम ठेगाना र प्रतिकृया लेख्नुहोला...अनि Publish थिच्नुस ।